कोशी ब्यारेजको पुलमा अनिश्चितकालका लागि आवतजावत बन्द

राजविराज–नदीमा पानीको वहाव खतराको संकेत समेत पार गरिसकेको भन्दै कोशी ब्यारेजको पुलमा अनिश्चितकालका लागि आवतजावत बन्द गरिएको छ ।

नदीमा पानीको वहाव अझैं बढ्दो रहेको छ भने दिउँसो ३ बजे गरिएको मापनअनुसार पानीको वहाव ५ लाख ४१ हजार १६५ क्युसेक प्रतिसेकेन्ड पानीको वहाव पुगेको छ ।

सर्वसाधारणको सुरक्षाको लागि शनिवार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै अत्यावश्यक कामको लागि वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध समेत गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार