राजविराज–सप्तरीको कञ्चनरुप नगरपालिका–७ बाट १ सय २० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने सिरहाको भगवानपुर गाउँपालिका– ४ बस्ने ३७ वर्षीय चन्देश्वर चौधरी र वडा नम्वर २ बस्ने ६० वर्षीय राम दुलार यादव रहेका छन् ।
मंगलबार विहान प्रहरी चौकी धरमपुरले चेकजाँच गर्दा फत्तेपुरदेखि कञ्चनपुरतर्फ आउदै गरेको बीआरओ ७ बीए ४५७८ नम्वरको भारतीय स्कर्पिओबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्कर्पिओमा लुकाइ छिपाइ राखिएको ५ वटा बोरामा रहेको उक्त गाँजा र दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।