यूएईलाई हराउँदै नेपाल पहिलोपटक यू–१९ महिला विश्‍वकपमा छनोट

काठमाडौं–नेपाल आगामी वर्ष हुने मलेसियामा हुने आईसीसी यू– १९ टी–२० महिला विश्वकपमा छनोट भएको छ ।

बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यू–१९ महिला विश्वकपमा छनोट हुन सफल भएको हो ।

यूएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा पूरा गरेसँगै विश्वकप यात्रा तय गरेको हो । विश्वकपमा छनोट हुन आज नेपालले यूएईविरुद्ध १६.२ ओभरमा जित निकाल्न पर्ने समीकरण थियो । समीकरणभन्दा अघि नै जित निकालेसँगै नेपाली युवा महिला टिम यू–१९ विश्वकपमा छनोट भएको हो ।

नेपालको जितमा ओपनर साना प्रविनले अविजित ३५ रन बनाइन् । उनले ४२ बलमा एक चौका प्रहार गरिन् । यस्तै, कप्तान पुजा महतोले २१, सोनी पाख्रिनले १३ र सवित्री धामीले १२ रन थपिन् । यूएईकी मेहक ठाकुरले दुई विकेट लिएकी थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो । यूएईकी समाइरा धर्निधर्काले ३१ रन बनाएकी थिइन् । रिनिथा रजिथले २० र इन्दुजा नन्दाकुमारले १० रन थपिन् । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका चार ब्याटर शून्यमा आउट भएका थिए ।

नेपालबाट कृष्मा गुरुङले चार विकेट लिएकी थिइन् । चार ओभर बलिङ गरेकी कृष्माले १३ रन खर्चिइन् । सिमा केसी र रिया शर्माले समान दुई विकेट लिँदा रचना कुमारी चौधरीले एक विकेट हात पारिन् ।

जितसँगै नेपालले यूएईलाई नेट रनरेटमा पछि पारेको हो । नेपालले ६ खेलबाट १० अंक जोड्दा यूएईको पनि १० अंक नै छ । प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्यान्डको सहभागिता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780