सप्तरीमा पैसा छापेर डब्बल गर्ने गिरोह ! 

राजविराज–सप्तरीको तिलाडी कोइलाडी गाउँपालिका–७ मा पैसा छापेर डब्बल गर्ने नाममा ठगी धन्दा चलाउने गिरोह नै सक्रिय रहेको पाइएको छ ।

दुई दशकदेखि सो ठाउँका एक व्यक्तिले पैसा छापेर डब्बल गर्ने नाममा ठगी धन्दा चलाउँदै आएको बुधवार पूर्वमन्त्री उमेशकुमार यादवले पनि सामाजिक सञ्जालमा लेखेका छन् । ‘तुरुन्तै धनी हुने लोभमा कतिपय मानिसले उसलाई पैसा दिन्छ । सुरुमा एक लाख दिनेलाई दुई लाख फर्काउछन ।’ उनले लेखेका छन्, ‘यसरी मान्छे लोभिएर १०–२० लाखभन्दा बढी हाल्छन ।’

त्यसपछि ती व्यक्ति सम्पर्कविहीन बन्ने गरेको पूर्वमन्त्री यादवले दावी गरेका छन् । पैसा फिर्ता माग्नेलाई गुण्डा लगाएर थर्काउने कार्य पनि हुँदै आएको उनले लेखेका हु्न् । ‘योभन्दा अगाडिको डिसपी कहाँ पीडितहरुले आफ्नो दुखेसो राख्दा पैसा छापेर दिने अर्थात ठगसँग मिलेर उल्टै पीडितहरुलाई हप्काए ।’, उनले आरोप समेत लगाएका छन् ।

उनले पीडितहरु कहाँ जाने हो त ? भन्दै प्रश्न समेत गर्दै भनेका छन्, ‘जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको नयाँ प्रमुखहरु आएका छन् । यो भन्दा अगाडिको टिम कति भ्रष्ट थियो वा थिएन भन्ने कुरा सर्वविदितै छ । नयाँ टीमले पैसा छापेर डब्बल दिने गिरोहलाई तह लगाउछन् या ठग गिरोहले नै पहिलेका प्रशासकलाई किने झैं किन्छन्, हेर्न बाकी छ । हाम्रो सुरक्षाकर्मीले ती गिरोहलाई दण्डित गरि पीडितहरुसँग न्याय गरोस् ।’

यसअघि जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानले थिए । उनको गत असोज ७ मा सरुवा भएको थियो ।

श्रोतकाअनुसार उक्त वडाका बभनगामा टोलमा पैसा डब्बल गर्ने धन्दा चल्दै आएको छ । ‘डिएसपी नेउपानेले अनुसन्धान गर्न ४–५ पटक उक्त टोल पुगेका थिए भने केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएका थिए तर पछि ती व्यक्तिलाई छाडियो’ श्रोतले भन्यो, ‘ती ठगीलाई ठुल–ठुला व्यक्तिको संरक्षण छ ।’

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले खराव प्रवृत्तिका व्यक्तिसँग कुनै पनि किसिमको सम्झौता नहुने बताएका छन् । ‘कानून विपरित कार्य गर्ने जो कोहीउपर कानूनी प्रक्रिया अघि बढाउन किन्तु–परन्तु हुँदैन’ उनले भने, ‘त्यस्ताको प्रमाण भेटिए कारबाही हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780