डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं–नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ पर्ने भएको छ ।

निगमले भारतको इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्यमा पेट्रोलमा प्रतिलिटर ३२ पैसा तथा डिजल मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको जानकारी दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780