लापरवाहीको पराकाष्ठा : दुई वर्षमै बन्नुपर्ने पुल आठ वर्षसम्म पनि अलपत्र (भिडिओ)

राजविराज, ११ मंसिर । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित मुतनी नदीमा दुई वर्षमै बन्नुपर्ने पुल आठ वर्षसम्म पनि अलपत्र रहेको पाइएको छ ।

पूर्वमा छिन्नमस्तासम्मका आधा दर्जन गाउँका सर्वसाधारणलाई नर्घोसँग जोड्नका लागि सडक डिभिजन कार्यालय लहानले ५ करोड ४० लाख ९३ हजार रुपैयाँको लागतमा उक्त पुलको निर्माण कार्य सुरु गराएको थियो । तर, पुल निर्माण गर्ने ठेक्का पाएको जनकपुरस्थित रोशन कन्स्ट्रक्शनले आठ वर्ष लगाएर पनि निर्माण कार्य पुरा गर्न सकेको छैन् ।

कन्स्ट्रक्शनले सडक डिभिजन कार्यालय लहानसँग २०७३ जेठ २ गते नै सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७५ जेठ ९ गतेसम्म निर्माण कार्य पुरा गर्नुपर्ने थियो । तर, कन्स्ट्रक्शनले म्यादभित्र निर्माण कार्य पुरा गर्न सकेन भने त्यसयता पनि पाँच पटक म्याद थप भइसक्दा समेत पुल निर्माण कार्य अलपत्र अवस्थामै रहेको छ ।

पछिल्लो पटक थपिएको म्याद पनि गत कार्तिक ९ गते नै समाप्त भइसकेको छ । सडक डिभिजनले पनि अहिलेसम्म कन्स्ट्रक्शनलाई ४ करोड ५२ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ । तर, पुल निर्माण कार्य पुरा गराउनेतर्फ ध्यान नदिँदा स्थानीयहरु जोखिम मोलेर आउजाउ गर्न बाध्यता खेप्दै आएका छन् ।

भिडिओ हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780