इजरायल र हिजबुल्लाहबीच युद्धविराम

काठमाडौँ–इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच युद्धविरामको सम्झौता भएको छ । गएराति इजरायली सुरक्षा मन्त्रिपरिषदले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।

यो युद्धविराम लागू भएमा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुनेछ भने उही समयमा हिजबुल्लाहको सेना लेबनानको दक्षिणी सीमाबाट हट्नेछ । उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेना रहने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको औपचारिक घोषणा गरेका हुन् । सम्झौता आज बिहानबाट लागू भएको हो ।

सम्झौता हुनुअघि इजरायलले लेबनानको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो।

उक्त बमबारीलाई युद्ध सुरू भएयताकै सबैभन्दा भयानक मानिएको छ । बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट भएको बताइएको छ ।

आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको जनाइएको छ । यसअघि सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो।

इजरायली सेनाले लगभग दुई महिना अघिदेखि लेबनानमा स्थल तथा हवाई हमला तिव्र पारेको थियो ।

यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका कारण आफूले जित हासिल गरेको बताएका छन् । उनले चुनावमा आफ्नो सफलताको कारण वर्तमान राष्ट्रपति जो बाइडेनको दबाब समेत उल्लेख गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780