आठ वर्षपछि एमपीएललाई निरन्तरता, खेलाडीको रजिष्ट्रेशन सुरु 

रामशंकर भण्डारी

राजविराज, १५ मंसिर–दोस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना भएको ८ वर्षपछि मधेश प्रिमियर लिग (एमपीएल) को तेस्रो संस्करण हुने निश्चित भएको छ ।

शनिवार राजविराजमा आयोजकले पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा लिगका अध्यक्ष ईन्जिनियर संजिवनारायण यादवले तेस्रो संस्करणको एमपीएल आगामी चैत्र ५ गतेबाट हुने जानकारी गराएका हुन् ।

‘सन् २०१५ बाट हामीले एमपीएल सुरु गरेका थियौं र त्यसपछि २०१६ मा दोस्रो संस्करण पनि आयोजना भयो, ती प्रतियोगितामा आयोजकलाई अत्यधिक घाटा नै खेप्नुपर्यो, तै पनि अर्को संस्करण आयोजना गर्ने नै उद्देश्य थियो तर पछि मधेश आन्दोलन, कोरोना महामारी लगायतका कारणले निरन्तरता दिन सकिएन’ उनले भने, ‘र, तेस्रो संस्करणमा ढिलाई हुन पुगेको छ ।’

उनका अनुसार तेस्रो संस्करणका लागि आजै (शनिबार)बाट रजिष्ट्रेशन सुरु गरिएको छ । ‘तेस्रो संस्करणमा अक्सनबाट खेलाडीहरु छनौट गरिनेछ भने प्रत्येक टिममा झापादेखि कञ्चनपुरसम्मका मधेश क्षेत्रबाट ७ जना खेलाडी तथा नेपालभरिबाट ४ जना खेलाडी रहनेछन्’ उनले भने, ‘मधेश प्रिमियर लिगमा कुल १० वटा टिमको सहभागिता रहनेछन् ।’

अध्यक्ष यादवले प्रतियोगिताको ६० प्रतिशत खेल राजविराजस्थिति पविमावि खेल मैदान र राजरंगशालामा हुने तथा बाँकी ४० प्रतिशत खेल विरगंज र जनकपुरमा खेलाइने बताए । प्रतियोगिताका लागि मधेश प्रदेश सरकारसँग समन्वय गरेर मधेश प्रिमियर लिगको नाउँमा राखिएको ५० लाख बजेट ल्याउने प्रयास गरिने अध्यक्ष यादवको भनाई छ ।

‘मधेश प्रदेश सरकारले मधेश प्रिमियर लिगको नाममा ५० लाख बजेट राखेको छ, त्यो ल्याउन समन्वय गरिनेछ । तर, उक्त बजेट नपाएपनि प्रतियोगितालाई निरन्तरता दिइनेछ’ यादवले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780