सामाजिक सञ्जालबाट द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौं–गृहमन्त्रालयले जातीय, धार्मिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्‍याउने गतिविधि नगर्न चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव ऋषिराम तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न जोकसैलाई कानूनी कारबाहीको दायरमा ल्याउने चेतावनी दिएका हुन् ।

ुपछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुयाउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। जो कोही व्यक्तिले जहाँसुकै रहेर गरेरगराए पनि कानूनद्वारा वर्जित र दण्डनीय गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्नरनगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ,ु विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले मुलुकमा बहुलवादमा आधारित बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका आधारभूत सिद्धान्तहरूलाई सम्मान गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकता दिइएको बताएको छ । संविधानद्वारा प्रदत्त मौलिक हकको सुनिश्चिततामा मन्त्रालय प्रतिबद्ध रहेको भन्दै पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले जातीय, धार्मिक तथा सांस्कृतिक सुसम्बन्ध खलल पार्ने, गालीगलौज गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार र नैतिकताविपरीतका अभिव्यक्तिलाई कानूनले दण्डनीय अपराधको रूपमा व्यवस्था गरेको स्मरण समेत गराएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780