सप्तरी, २३ मंसिर-सप्तरीमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका एक जना कर्मचारी शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।
आइतबार विहान राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हाताभित्र जिल्लाको छिन्नमस्ता गाउँपालिका-५ गोविन्दपुर निवासी ५० वर्षिय सुधिर झा शंकास्पद अवस्थामा मृत भेटिएका हुन् ।
जिल्ला खेलकुद विकास समितिको हाताभित्र रहेको महेन्द्र क्लब भवनको झ्यालमा घाँटी डोरीले बाँधेको र घुँडा खुम्च्याएर उभिएको शंकास्पद अवस्थामा मृत फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट घटनास्थल पुगेको टोलीले आवश्यक मुचुल्का उठाई पोष्टमोर्टमकालागि पठाइएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उनकाअनुसार पोष्टमोर्टम रिपोर्ट र सीसीक्यामेराको फुटेजका आधारमा अनुसन्धान अघि बढाइएको छ ।