काठमाडौं-बर्दियामा स्कुटी दुर्घटनामा सप्तरीका बुवाछोरीको मृत्यु भएको छ भने आमाछोरा घाईते भएका छन्।
आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिइराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटी ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ३२ वर्षका रामकुमार साह र छोरी ६ वर्षकी विद्याको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालले जानकारी दिए ।
उनकाअनुसार मृतक साहका पत्नी र छोरा घाइते भएको बताएका छन् । उनीहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।
मृतक साह सप्तरीको रुपनी गाउॅंपालिका निवासी हुन्।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।