लामिछाने सांसदबाट स्वतः निलम्बित

काठमाडौँ-रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने भएको छ ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई पठाइसकेको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनको दफा २७ उल्लेख गर्दै लामिछानेका विषयमा प्रहरीले सभामुखलाई पत्र पठाएको हो । ऐनको दफा २७ मा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकामा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकामा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ ।’

सभामुखले सूचना संसद्को सूचना पाटीमा टाँस्न निर्देशन दिएलगत्तै निलम्बन प्रक्रियाले औपचारिकता पाउनेछ । प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा बैठक नचलेको अवस्थामा सभामुखले सचिवालयको स्चूना पाटीमा स्चूना टाँस गर्न लगाउनुपर्ने प्रावधान छ । अहिले संसद् अधिवेशन चलेको छैन ।

सूचना टाँसपछि नियम २४८ (३) मा निलम्बित हुने व्यक्तिलाई सांसदको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त नहुने व्यवस्था छ । निलम्बनमा रहेको अवधिभर पारिश्रमिक, सेवा र सुविधासमेत स्थगित हुनेछ । प्रहरी हिरासतमा रहेका बेला पनि लामिछानेले संसद्को लोगो लगाउने गरेका थिए भने संसद्बाट पारिश्रमिक र सुविधा पनि प्राप्त गर्दै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780