जनकपुरधाम–सिद्धार्थ बैंक, जनकपुर शाखाका प्रबन्धक अर्ण बलम्पाकी पक्राउ परेका छन् ।
जनकपुर उपमहानगरपालिका–८ बस्ने ॠणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार दिउँसो बैंकबाटै उनलाई पक्राउ गरेको हो ।
ॠणी कुर्मीले केही वर्षअघि ॠण लिँदा धितोबापत राखेको जनकपुर–८ कै साढे ८ धुर जग्गा बलम्पाकीले जानकारीबिनै लिलामी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।