सर्लाहीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

सर्लाही-सर्लाहीको बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । 

बरहथवास्थित नयारोड सडकखण्डमा गएराति उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा  दुर्घटना भएको हो ।  

दुर्घटनामा मोटरसाइकलमा सवार बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दासको मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

उनकाअनुसार महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780