संघीयतामाथिको प्रश्नले संविधान नै धरासायी हुने खतरा : मन्त्री लेखी 

राजविराज–मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको बताएका छन् । सोमबार आम सञ्चार प्राधिकरणले राजविराजमा आयोजना गरेको साइबर सुरक्षा र एआई सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘राजनीतिक स्थिरता नहुँदा अपेक्षाअनुसारको काम हुन सकेको छैन्’ उनले भने, ‘जसले गर्दा संघीयता र तीन तहको संरचनामाथि नै प्रश्न उठने गर्छन् तर संघीयतामाथिको प्रश्न भने संविधानमाथि प्रश्न हो ।’

उनले ती प्रश्नले मुलुकको संविधान नै धरासायी हुने खतरा बढ्ने बताए । मन्त्री लेखीले मुलुकमा आएका परिवर्तनमा पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताए । पत्रकारप्रति आमजनताको ठूलो आशा र भरोसा रहेकोले थप जिम्मेवार, मर्यादित भएर प्रविधिको उपयोग गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा मन्त्री लेखीले जोड दिए । ‘पत्रकारको समस्याप्रति मधेश सरकार अति सम्वेदनशील छ’ उनले भने, ‘सोहीअनुसार नै आम सञ्चार प्राधिकरणमार्फत प्रदेशका पत्रकारहरुको लागि एक लाखको स्वास्थ्य बीमा र ७ लाखसम्मको दुर्घटना बीमाको सुविधा ल्याएका छौं ।’

चाँडै मधेशका वरिष्ठ पत्रकारका लागि सरकारको तर्फबाट सम्मान गर्ने कार्यक्रम समेत राखिएको मन्त्री लेखीले जानकारी समेत दिए ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश सरकारका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, मधेश प्रदेश सदस्य किरण कुमारी साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सल्लाहकार अवधेशकुमार झा लगायतले बोलेका थिए ।

आम सञ्चार प्राधिकरणका प्रशासकीय प्रमुख प्रशन्नराज कर्णले सञ्चालन गरेको कार्यक्रममा प्राधिकरणका अध्यक्ष यादवले प्राधिकरणबाट पत्रकार तथा सञ्चारमाध्यमका लागि भएका कार्यहरु पनि जानकारी गराएका थिए । कार्यक्रममा स्वागत भने नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण देवले गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780