भाइरल बालगायक सचिन परियारको निधन

काठमाडौँ–भाइरल बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १० बजे उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

सचिनले थुप्रै गीत गाएका छन् भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए।

हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस