भारतीय तस्करलाई असई झाको फोन–हरहिसाब गरिहाल्नू, नभए गाडी रोकिन्छ

राजविराज, १८ पुस–सप्तरीको बलान बिहुल गाउँपालिका–३ टिकुलियाँस्थित ‘नो म्यान्सल्याण्ड’सम्मै नयाँ सडक बनाएर भइरहेको तस्करी अझैं रोकिएको छैन् ।

प्रहरीकै ‘सेटिङ’मा तस्करी भइरहेको विषय बाहिएपछि बोडरआउट पोष्ट (बिओपी) का इन्सपेक्टर सनतकुमार राई तानिएपनि तस्करी भने रोकिएको छैन् । ‘मधेशलाईभ’लाई प्राप्त फोन सम्वादको अडिओअनुसार प्रहरी चौकी बेल्हीका ईन्चार्ज असई संजय झाले भारतीय तस्करलाई फोन गरेरै हरहिसाब गर्न दबाव दिइरहेका छन् भने हरहिसाब नभए गाडी रोकारोक हुने धम्की समेत दिएका हुन् ।

मैथिलीमा भएको उक्त फोन सम्वादमा असई झाले स्थानीय व्यापारी र भारतीय तस्करबीच भएको समान लेनदेनको हरहिसाब गरिहाल्न भनेका छन् । हरहिसाब नगर्दा स्थानीय व्यापारीले सबैतिर फोन गरेपछि गाडी रोकिने भन्दै असई झाले धम्की समेत दिएका छन् । तर, भारतीय तस्करले ‘उसँग हरहिसाब गर्नलाई उसको कर्जा लिएको छु ?’ भन्दै असई झासँग प्रश्न गरेका छन् ।

‘उसैलाई फोन गर्न लगाउनू, उसँग मेरो नम्वर छैन र ? ममाथि कुनै हरहिसाब बाँकी छैन्, झुठो भन्छन्’ भारतीय तस्करले असई झालाई भनेका छन् ।

पछिल्लो समय नेपाल र भारतका ठुल–ठुला व्यापारीहरुले प्रहरीलाई मोटो रकम दिएर पश्चिमी नाका बेल्हीबाट तस्करी सुरु गरेसँगै नाका बदनाम हुने डरले आतिएका स्थानीय व्यापारीहरुले नाकाको सडकमा अवरोध गर्न थालेपछि ‘नो म्यान्सल्याण्ड’सम्मै नयाँ सडक बनाएर स्याउ, लसुन, लाइटर, कस्मेटिकका समान, बाख्रा र कपडा निर्वाद रुपमा तस्करी गरिरहेको विषय खुल्न आएको थियो ।

असई झाले पनि भारत लक्ष्मीपुरका व्यापारीसँग फोन सम्वाद भएको स्वीकार गरे । ‘स्थानीय व्यापारीको पैसा रमेशमाथि बाँकी थियो र सो पैसा दिलाउनका लागि आफुले फोन गरे’ भारतीय नागरिकले तपाईको कुरा किन मान्छन् ? भन्ने प्रश्नमा झाले भने, ‘होइन, मैले बडाबाबुलाई पनि फोन गरेका थिए तर उहाँले डाइरेक्टर फोन गर्नु भनेपछि फोन लगाए, त्यसमा तस्करीको केही कुरा छैन् ।’

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले त्यस्तो पाइए कारबाही गर्ने बताएका छन् ।

यो पनिः

तस्करी गर्न रातारात बनाइयो ‘नो म्यान्सल्याण्ड’सम्मै सडक

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780