राजविराज–सप्तरीको सुरुङ्गा नगरपालिकामा शुक्रबार विहान भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
कदमाहा–उदयपुर सडक खण्ड अन्तर्गत वडा नम्वर ३ स्थित पहिचान खुल्न नसकेको सवारीले ठक्कर दिँदा सोही ठाउँका ६० वर्षीय रामबहादुर नेपालको मृत्यु भएको हो ।
विहान मर्निङ वाकमा निस्केको बेला नेपाललाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
ठक्कर दिने सवारीको खोजी भइरहेको उनले बताए । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयहरु डेढ घण्टा सडक समेत अवरुद्ध गरेका थिए ।
दुर्घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान गर्ने र पीडित परिवारलाई न्याय दिलाउने सहमति भएपछि सडक सुचारु भएको स्थानीयले बताएका छन् ।