बारामा स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना पक्राउ

जनकपुरधाम–बाराबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका–१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगन्ज महानगरपालिका–१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओमप्रकाश यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ विराटनगरतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ८०७३ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो।

जीतपुर सिमरा उपमहानगरपालिका–१६ पैनी टोलस्थित सडकमा पिकअप गाडी रोकेर तलासी लिँदा उनीहरूको साथबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने र त्यसले वित्तीय कारोबारको दायित्व पूरा नगर्ने भएकाले गैरकानुनी मानी प्रहरीले नियन्त्रणमा लिने गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780