धनुषाधाममा श्रीमानले श्रीमतीको हत्या

जनकपुरधाम–धनुषाको धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ । वडा नम्वर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार ठाकुरलाई आफ्नै श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले शनिबार राति २ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

डीएसपी सिंहका अनुसार घरायसी विवाद हुँदा देवलालले ढोकामा लगाउने आग्लोले हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो ।

देवलाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780