कर्मचारी शहिद यादवको शालिकमा माल्यार्पण

राजविराज–शहिद दिवसको अवसर पारेर बुधवार सप्तरीमा कर्मचारी शहिद प्रभुनारायण यादवको शालिकमा माल्यार्पण गरिएको छ ।

जिल्ला समन्वय समिति सप्तरीको परिसर र जिल्लाको तिलाठी कोइलाडी–८ तोपा बजारस्थित यादवको शालिकमा राजनीतिकर्मी, जनप्रतिनिधि, कर्मचारी लगायतकाले माल्यार्पण गरेका हुन् ।

जिल्ला समन्वय समितिको परिसरमा रहेको यादवको शालिकमा जिल्ला समन्वय समिति (जिसस)का संयोजक शिवनारायण साह, निवर्तमान संयोजक प्रभाकर यादव, राजविराज नगरपालिका निवर्तमान मेयर शम्भुप्रसाद यादव, गैर सरकारी संस्थाका केन्द्रीय उपाध्यक्ष ध्रुव देव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वास लगायतले माल्यार्पण गरेका छन् ।

त्यस्तै, तोपा बजारस्थित यादवको शालिकमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता निरज मुक्ति लगायतकाले माल्यार्पण गरेको सहिद प्रभुनारायण यादव स्मृति ट्रष्टका अध्यक्ष अवधेशकुमार झाले जानकारी दिए ।

कर्मचारी शहिद यादव तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा नासु पदमा कार्यरत रहदा ०६४ साल कात्तिक १२ गते कार्यालयबाट घर फर्किने क्रममा राजविराज–हनुमाननगर सडकखण्ड अन्तर्गत खाँडो खोलाको पुलमा हानी हत्या भएको थियो ।

सरकारले सोही महिनाको कार्तिक २७ गते यादवलाई कर्मचारी शहिद घोषणा गरेको थियो भने उनका जेठा छोरा राधेश्याम यादवले बुवाको योगदानलाई जीवन्त राख्न शहिद प्रभुनारायण यादव स्मृति ट्रष्ट स्थापना गरी सामाजिक गतिविधि गर्दै आएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780