कुम्भमा भागदौड : मृत्यु हुने तीर्थालुको संख्या ३० पुगेको पुष्टि

जनकपुर– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेलामा गएराति भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको पुष्टि भएको छ ।

महाकुम्भ मेला क्षेत्रका डीआईजी वैभव कृष्णले पत्रकार सम्मेलन गरेर मृत्यु हुनेको संख्या ३० पुगेको बताएका छन् ।

उनका अनुसार भागदौडका क्रममा घाइतेमध्ये ९० जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमा ३० जनाको मृत्यु भएको छ । अहिलेसम्म यीमध्ये २५ जनाको सनाखत भइसकेको छ।

जसमध्ये कर्नाटकका चार, गुजरातका एक श्रद्धालुको मृत्यु भएको पुष्टि भइसकेको छ। ६० जना घाइतेको उपचार भइरहेको छ।

आज मौनी अमावस्या (औंसी) रहेकाले अमृत स्नान हुने समयमा ठेलमठेल हुँदा उक्त घटना भएको हो ।

अहिलेसम्म ५.७१ करोडभन्दा धेरै मानिसले त्रिवेणीमा स्नान गरिसकेका छन् । २८ जनवरीसम्म १९ करोड ९४ लाख तीथालुले स्नान गरिसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780