राजविराज–मधेश प्रदेशसभाले सञ्चारसम्बन्धी बनाएको दुई वटा ऐन परिमार्जन गर्ने तयारी सुरु भएको छ।
प्रदेश सञ्चार ऐन २०७७ र प्रदेश एफएम/रेडियो तथा टेलिभिजन सञ्चालन सम्बन्धी ऐन २०७७ मा देखिएका कमीकमजोरीलाई परिमार्जन गर्नका लागि आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिद्वारा तयार पारिएको मस्यौदा बुधबार गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई बुझाइएको हो।
दुवै ऐनमा देखिएका कमीकमजोरी संशोधन गर्नकालागि मन्त्रिपरिषद्को गत असोज २१ गतेको निर्णयले समिति गठन भएको थियो। दुवै ऐन एक/अर्कासँग बाझिने अवस्था देखिँदा संशोधनसहित परिमार्जन गर्ने तयारी भइरहेको संयोजक यादवले बताए ।
सोही कारण प्रदेश एफएम रेडियो सञ्चालन सम्बन्धि ऐनको नियामवली समेत हालसम्म नबनाएको उनले बताए ।
प्रदेश सञ्चारसम्बन्धि ऐन २०७७ भदौ ६ गते प्रमाणीकरण भएको थियो भने प्रदेश एफएम रेडियोसम्बन्धि ऐन २०७७ साउन ५ गते प्रमाणीकरण भएको थियो ।