पर्सामा हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ७ लाखसहित साह पक्राउ

जनकपुर–पर्सामा हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ७ लाखसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा विन्दावासिनी गाउँपालिका–३ झौवाका ४३ वर्षीय अजय कुमार साह रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार दिउँसो करिब २ बजेतिर वीरगञ्ज महानगरपालिका(१० आदर्शनगरस्थित ग्लोबल आईएमई बैंक नजिकबाट साहलाई पक्राउ गरिएको डीएसपी किशोर लम्सालले जानकारी दिए ।

साहलाई शंका लागि चेकजाँच गर्दा उनले लगाएको सेतो ट्रयाक्सुटको दुबै साइडको खल्तीमा लुकाइ छिपाई राखिएको नेपाली एक हजार दरका नोट सात थान बरामद भएको डीएसपी लम्सालले बताए ।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुन्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा थप अनुसन्धान भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780