अमेरिकाबाट १०४ जना भारतीय डिपोट, पञ्जाब आइपुग्यो अमेरिकी सैन्य विमान

काठमाडौं–गैरकानुनी तरिकाले अमेरिकामा बसिरहेका १०४ भारतीयलाई लिएर अमेरिकी सैन्य विमान सी–१७ भारतको शहर अमृतसरमा अवतरण गरेको छ।

मंगलबार राति अमेरिकाको टेक्सासबाट उडेको सो विमान बुधवार अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गैरकानुनी तरिकाले अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरी भारत ल्याइपुर्‍याएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलो घटना हो।

अमेरिकाबाट डिपोट हुनेमा हरियाणाका ३३, पञ्जाब–चण्डीगढका ३२ साथै बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यमहरूले समाचारहरूमा जनाएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस