अन्तरजातीय विवाह गरेका सत्यन्द्र र नेहाको सुरक्षा सरकारले दिन्छ : गृहमन्त्री

काठमाडौं–गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवाका सत्यन्द्रकुमार राम चमार र नेहा रौनियारको अन्तरजातीय विवाहसम्बन्धी विषयमा उठेका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले अन्तरजातीय विवाहमा गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु कपोकल्पित भएको समेत बताए। आफू जातीय विभेद र छुवाछुत विरुद्ध रहेको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो आदर्शप्रतिको अवमूल्यन भएको उनले बताए।

उनले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको उल्लेख गरे । गृहमन्त्री लखेकले अन्तरजातीय विवाहलाई कानुनले नै मान्यता दिएको भन्दै उनले कानुनलाई अक्षरस पालना गराउनु आफ्नो कर्तव्य रहेको धारणा राखे।

उनले भने, ‘नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ।’

उनले उक्त घटनामा आफ्नो धारणा यसअघि नै स्पष्ट पारेको र प्रहरीलाई निर्देशन दिएअनुसार प्रतिवेदन समेत सार्वजनिक गरिसकेको स्पष्ट पारे । उनले सत्यन्द्रकुमार र नेहाको पूणरुपमा सुरक्षाको प्रत्याभूत गरिने र कही त्रुटी देखिए छानबिन र कारबाही गर्ने प्रतिवद्धता जनाए।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780