धनुषाको कमलामाई क्रसरमा मुख्यमन्त्री सिंहको छापा

जनकपुरधाम, २८ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धनुषाको गणेशमान चारनाथ नगरपालिका-७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण गरेका छन् ।

आइतबार साँझ धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीसहित निरीक्षण गरेका हुन् । निरीक्षण क्रममा उद्योगलाई स्टक प्रमाणीकरण नहुँदासम्म उत्पादन नओसार्न निर्देशन दिइएको जनाएको छ ।

मुख्यमन्त्री सिंहले सोमबार स्थानीय तहसंग छलफल र अन्य प्रमाणीकरणका विषय टुङ्गो लगाउने र त्यसपछि मात्र क्रसर सञ्चालन गर्न दिइने बताए ।

मुख्यमन्त्रीले क्रसर उद्योगको दर्ता, नवीकरण, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, ढुङ्गा, गिट्टी र बालुवाको परिमाणत्मक सञ्चिति, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेखित मापदण्डअनुसारका ठाउँमा खोला खनिएको/नखनिएको, खोला खन्दाको ठाउँ र गहिराइ, परिणाम, सञ्चिति प्रमाणीकरण लगायतका विषयमा जानकारी लिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780