कुम्भ मेलातर्फ जाँदै गरेको बस बबई पुलबाट खस्यो

वीरेन्द्रनगर–सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भ मेलातर्फ गइरहेको तिर्थयात्री बोकेर बस दुर्घटनामा परेको छ ।

आइतबार साँझ भे १ ख ४३३१ नम्बरको बस जिल्लाको भेरीगंगा नगरपालिकाको बबईमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा परेको बसमा ४० जना तीर्थयात्री सवार रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस