महोत्तरीमा बस दुर्घटना हुँदा ३० जना घाइते

जनकपुर–धनुषाको जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना महोत्तरीमा हुँदा ३० जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत टुटेश्वर जंगलमा आइतबार दिउँसो ना ५ ख २८५१ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ३० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था मध्यम तथा अन्यको अवस्था सामान्य रहेको महोत्तरी प्रहरीका निमित्त प्रवक्ता नन्दकिशोर चौहानले बताए ।

घाइतेहरूलाई उपचारका लागि बर्दिबास लगिएको छ । प्रहरीका अनुसार बसमा कुल ४० जना सवार थिए । प्रहरीले बस चालकलाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780