जनकपुर–पेश्कीका विषयमा विवाद हुँदा धनुषाको एक विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच विद्यालयमै कुटाकुट भएको छ ।
जिल्लाको कमला नगरपालिका–२ माची झिटकैया माध्यमिक विद्यालयका प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच कुटाकुट भएको हो ।
रोहितले उनले प्रधानाध्यापकसँग पेश्की रकम मागेका थिए । सोही विषयमा विवाद चर्केपछि कुटाकुट भएको बताइएको छ ।
उनीहरुबीच विद्यालयमै कुटाकुट भएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।नगर प्रमुख विशेश्वर यादवले पनि पेश्की रकमका लागि विद्यालयमा विवाद भएको बताएका छन् । थप बुझ्नका लागि वडाध्यक्षलाई पठाइएको उनले बताए ।