श्यामको अध्यक्षतामा सवियु सप्तरीमा ४७ सदस्यीय कमिटी

राजविराज–जनता समाजवादी पार्टी (जसपा) नेपालआबद्ध समाजवादी विद्यार्थी युनियन (सवियु) नेपाल, सप्तरीको अध्यक्षमा श्यामकुमार यादव चयन भएका छन् ।

शनिबार राजविराजमा सम्पन्न जिल्ला अधिवेशनबाट यादवको अध्यक्षतामा ४७ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । कमिटीका सदस्यहरुमा रञ्जितकुमार यादव, अनिल साह, सुनिल मण्डल, सर्निता यादव, मेनुका  साह, बिकास मण्डल रहेका छन् ।

त्यस्तै, विनय यादव, सीता मण्डल, मिथिलेष यादव, देबेन्द्र यादव, सरस्वती मुखिया, खुश्बु यादव, प्रिति मण्डल, आरती यादव, पुजा यादव, रोसनी कुमारी यादव, पुष्पा कुमारी साह, ओमप्रकाश यादव, चन्दा दास, भुपेन्द्र मण्डल, कौशलेश मण्डल, दुर्गा यादव, चन्दन यादव सदस्यमा चयन भएका हुन् ।

त्यस्तै, मुकेश साह, कृष्णा यादव, शंकर यादव, बिजय मेहता, धर्मदेब यादव, जितेन्द्र शर्मा, दिपेन यादव, पुजा गुप्ता, पंचदेब यादव, अलविना खान, आरती मेहता, नितु यादव, सुरुची मण्डल, अमित राम, संतोष पंडित, सुभाष यादव, भुपेन राय, रुपेश यादव, चनरदेब मुखिया, बिमल साह, प्रतीक्षा यादव र अनिल यादव सदस्यमा चयन भएको जनाइएको छ ।

त्यसअघि सवियु सप्तरीका अध्यक्ष संजयकुमार यादवको अध्यक्षतामा आयोजित अधिवेशनमा जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका सवियुका केन्द्रीय अध्यक्ष रमेश यादव, केन्द्रिय सदस्य रमिला साह, पार्टीका मधेस प्रदेश सदस्य किशोरकुमार यादव ‘कशी’, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, उपसचिव शम्भुकुमार यादव, जिल्ला कार्यकारिणी सदस्य लक्ष्मण यादवले उपस्थिति जनाएका थिए ।

त्यस्तै, सवियु नेपालका केन्द्रीय उपाध्यक्षद्वय मनिष यादव र बिशेश्वर मण्डल, सचिव तारकेश्वर प्रसाद यादव, समाजवादी युवा संघका केन्द्रीय सचिव विशाल मण्डल, समाजवादी युवा संघ मधेस प्रदेश सदस्य सतेन्द्र यादव, समाजवदी युवा संघ सप्तरीका जिल्ला अध्यक्ष केदार यादव, स्ववियुका सचिव सुनिल मण्डल, कोषाध्यक्ष मेनुका साह, सदस्यहरु बिनय यादव र अनिल यादव लगायतको पनि उपस्थिति रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780