बन्दुक नपड्किँदा निरीह बने प्रहरी, स्कार्पियोसहित भागे चार जना तस्कर (भिडिओ) 

राजविराज, २६ माघ । सप्तरी प्रहरीले गए राति स्कार्पियोसहित सवाँ सात क्विन्टल गाँजा बरामद गर्यो । जिल्लाको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट बरामद गरिएको उक्त स्कार्पियो र गाँजा शनिवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले राति करिब साढे १ बजेतिर बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ स्कार्पियोबाट झार्ने क्रममा प्र.१–०२–००२ च ५८३४ नम्बरको एउटा स्कार्पियोसहित सात क्विन्टल २६ किलो गाँजा बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार स्कार्पियो चालक भने फरार भएका छन् । ‘चालकको खोजि हुँदैछ र अन्य अनुसन्धान पनि अघि बढाइएको छ ।’, एसपी खतिवडाले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780