स्कार्पियोमा तस्करी : सप्तरीबाट सवाँ ७ क्विन्टल गाँजा बरामद

राजविराज, २६ माघ । प्रहरीले सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट स्कार्पियोमा तस्करी गरिरहेको सात क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ ।

शनिबार विहान करिब साढे १ बजेतिर बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ स्कार्पियोबाट झार्ने क्रममा प्र.१–०२–००२ च ५८३४ नम्बरको एउटा स्कार्पियोसहित सात क्विन्टल २६ किलो गाँजा बरामद गरिएको हो । प्रहरी चौकी मौवहा मल्हनियाका इन्चार्ज प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको शनिबार पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

उनका अनुसार स्कार्पियो चालक भने फरार भएका छन् । ‘चालकको खोजि हुँदैछ र अन्य अनुसन्धान पनि अघि बढाइएको छ ।’, एसपी खतिवडाले भने ।

प्रहरी श्रोतका अनुसार गाँजा नियन्त्रणमा लिइरहेको बेला चालक र अन्य एक जना अर्को स्कर्पियोमा चढेर फरार भएका छन् । उक्त स्कर्पियोमा पनि चालकसहित दुई जना सवार थिए । तर, गाँजा प्रहरीले त्यसअघि नै नियन्त्रणमा लिइसकेको थियो ।

एसपी खतिवडाले पनि समान्य हिसाबले गस्तीमा खटिएका प्रहरीले पूर्ण रुपमा तयार गर्न नसक्दा उनीहरु भाग्न सफल भएको बताए ।

प्रहरीले यसअघि पनि गत पुस २७ गते सो ठाउँभन्दा तीन सय मिटर पश्चिमतर्फ जिल्लाको बलान बिहुल गाउककंपालिका–१ कमलदाहाबाट ६ क्विन्टल ७० किलो बेवारिसे तथा मंसिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित १७ क्विन्टल १७ किलो गाँजा बरामद गरेको थियो ।

प्रहरी सहायक निरीक्षक तामाङसहितका पुरस्कृत

गाँजा नियन्त्रणमा लिएका प्रहरी चौकी मौवहा मल्हनियाका इन्चार्ज प्रहरी सहायक निरीक्षक तामाङसहितका पाँचै जनालाई पुरस्कृत गरिएको छ ।

पत्रकार सम्मेलनमै एसपी खतिवडाले उनीहरुलाई नगदसहित पुरस्कृत गरेका छन् । ‘प्रोत्साहन स्वरुप उहाँहरुलाई पुरस्कृत गरेका छौं, यसअघि पनि उहाँहरुले नै गाँजा नियन्त्रणमा लिनुभएको थियो ।’, एसपी खतिवडाले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780