भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपाको निर्णय

काठमाडौँ–जनता समाजवादी पार्टी (जसपा) ले सरकारद्वारा संसदमा पेश गरिएको भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैतिर भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारले राष्ट्रिय सभामा ६ वटा अध्यादेशहरु पारित गर्नका लागि उपेन्द्र यादव नेतृत्वको उक्त पार्टीसँग समर्थन मागिरहेको बेला जसपाले एक अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो । यद्यपि अन्य ५ वटा अध्यादेशहरुमा समर्थन जनाउन आफू सकारात्मक रहेको जसपाले जनाएको छ ।

सरकारले संसद् अधिवेशन पर धकेलेर विभिन्न २९ वटा कानुनमा संशोधन गर्नेगरी ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरु पारित गर्नका लागि हाल संसदका दुवै सदनमा दर्ता गरिएको छ ।

प्रतिनिधि सभामा सत्तापक्षको स्पष्ट बहुमत रहे पनि राष्ट्रिय सभामा भने जसपाले समर्थन गरेमा मात्र बहुमत पुग्ने देखिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780