महाकुम्भ स्नान गरेर फर्किरहेको स्कार्पियो दुर्घटना हुँदा सप्तरीका तीन जनाको मृत्यु

राजविराज, १० फाल्गुन–भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरेर फर्किरहेको स्कार्पियो दुर्घटना हुँदा सप्तरीका तीन जनाको मृत्यु भएको छ ।

पूर्वाञ्चल एक्सप्रेस सडक अन्तर्गत उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रमा शुक्रबार राति श्रद्धालु सवार उक्त स्कर्पियो दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका–७ का लिलावती चौधरी र परसुराम चौधरी रहेको वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए । त्यस्तै, वडा नम्बर ५ का जितु यादवकी श्रीमती हरिहरदेवीको पनि दुर्घटनामा मृत्यु भएको उक्त वडाका वडाध्यक्ष कैलास साहले जानकारी दिए ।

दुर्घटनामा अन्य सात जना गम्भीर घाइते छन् । भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार दुर्घटनामा मृत्यु भएको खबर आएका परिवारका सदस्यले सप्तरीको धरमपुरस्थित प्रहरी चौकीमा शनिबार बिहान जानकारी गराएको र थप बुझने कार्य भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780