महाकुम्भ स्नान गर्न गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु

सर्लाही–महाकुम्भ स्नान गर्न गएका सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोलका पूर्वशिक्षक विन्देश्वर सिंहको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

उनी भैरहवा नाकामार्फत भारततर्फ जाँदै गर्दा प्रयागराज नजिक भारतीय भूमिमा गाडी दुर्घटनामा परेका हुन् । मृतक सिंह ईश्वरपुर नगरपालिका–३, भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए।

श्रीमती र अन्य आठ जना सदस्यसँगै कुम्भ मेलाका लागि भारत प्रस्थान गरेका उनी दुर्घटनामा परे पनि अन्य सबै सकुशल रहेको पारिवारिक स्रोतले जनाएको छ।

नगर प्रमुख मनोजकुमार आचार्यले सिंहको निधनले नगरले एक बुद्धिजीवी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780