राजविराज, ९ फाल्गुन–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले पुजारीलाई कुटेको पाइएको छ ।
कुटिएका सोही पालिका वडा नम्बर ७ बस्ने रामानन्द मण्डल न्यायको लागि पहल गरिदिन सबैमा आग्रह गरेका छन् । रामानन्द अंकुरी महादेव मन्दिरका पुजारी हुन् ।
माघ २७ गते आइतबार विहान सडकमा भेटिएका गाउँपालिका अध्यक्ष मण्डललाई रामानन्दले बिग्रेको सडक किन बनाउनुभएन भनि प्रश्न गरेका थिए । तर, यतिमै आक्रोशित बनेका अध्यक्ष मण्डलले आफुलाई मुखमै ४–५ मुक्का नै हानेर पुजारी मण्डलको दुखेसो गर्छन् ।
घटनापछि पुजारी रामानन्दले न्यायका लागि गाउँलेसँग पनि गुहार मागे तर गाउँलले दुई पटक भेला गर्दा पनि गाउँपालिका अध्यक्ष मण्डल भने उपस्थित भएन । त्यो त रामानन्द घटना लगत्तै जिल्ला प्रहरी कार्यालयमा प्रहरीमा पुगे । पहिले उपचार गराउनु अनि आउनुहोला भनि प्रहरीबाट जवाफ पाएपछि रामानन्दले उपचार त गराए तर न्याय भने पाएन ।
राष्ट्रिय प्रजातन्त्र दिवसका दिन न्यायको गुहार गर्दै राजविराज आएका रामानन्दमाथि हाम्रो नजर परेपछि गाउँपालिका अध्यक्ष मण्डलले अपनाएको गुन्डागर्दी शैलीको विषय बाहिरिएको हो । रामानन्दलाई किन कुट्नुभयो ? हामीले गाउँपालिका अध्यक्ष मण्डलसँग टेलिफोनमा कुरा गर्दा उनले भने, ‘उसको दिमाग अलिक ठिक छैन्, गाली गरेको रैंछ ।’
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले पीडितले निवेदन लिएर आएर कानूनअनुसार अघि बढ्ने बताए ।