माओवादीको ‘तराई–मधेश जागरण अभियान’ आजदेखि

जनकपुरधाम–नेकपा माओवादी केन्द्रको ‘तराई मधेश जागरण अभियान’ सोमबारदेखि सुरु हुन लागेको छ । झापाको कचनकवलबाट अभियान सुरु हुन लागेको हो ।

उक्त अभियानका लागि अध्यक्ष प्रचण्डसहितका नेताहरु झापा पुगिसकेका छन् । माओवादीले गत केन्द्रीय समिति बैठकबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तथा दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न अभियान सञ्चालन गर्न लागिएको प्रवक्ता अग्नि सापकोटाको भनाइ छ । अभियान चैत ७ सम्म चल्नेछ ।

‘तराई–मधेश जागरण अभियान’ टोलीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपलब्ध उपाध्यक्षहरू, महासचिव देव गुरुङ र उप–महासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेतलगायत छन् । माओवादीको जिल्ला र प्रदेशका नेताहरु पनि रहने छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस