इन्टलेक्चुअल फाउन्डेसनका अध्यक्ष यादवले प्रचण्डलाई बुझाए ज्ञापन-पत्र

रामशंकर भण्डारी
राजविराज, १६ फागुन–‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’का क्रममा सप्तरी आएका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मधेश प्रदेशका सम्पूर्ण शैक्षिक अवस्था सुधारका लागि ज्ञापन–पत्र बुझाइएको छ ।

सप्तरीको राजविराज–७ स्थित इन्टलेक्चुअल फाउन्डेसन नेपालका अध्यक्ष डा.सुर्य प्रसाद यादवले प्रचण्डलाई शुक्रबार जिल्ला समन्वय समितिमा आयोजना गरिएको कार्यक्रममा उक्त ज्ञापन–पत्र बुझाएका हुन् ।

मधेश प्रदेशको शिक्षा बिग्रिनुमा फाउन्डेसनले १३ वटा कारण देखाएको छ । विद्यालयमा व्यवस्थापन समितिमा राजनीतिक हस्तक्षेप, विद्यार्थी सङ्ख्या अनुसार दरबन्दी नहुनु, शिक्षकलाई विद्यालयले प्रशासनिक काममा लगाउनु, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार एक अर्काका भरमा बसेर शिक्षाप्रति उदासीन रहनुले शिक्षाको अवस्था कमजोर भएको फाउन्डेसनका अध्यक्ष यादवले दावी गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको साक्षरता दर ६३.५५ प्रतिशत मात्र रहेको छ,जुन काठमाडौंको नजरमा रहेको दुर्गम प्रदेश कर्णालीको साक्षरता दरभन्दा पनि कम हो ।

नेपालीको संबिधान २०७२ को ३१ औँ धारामा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई शिक्षा पाउने हकको सुनिश्चितता गरिएको छ । तर यो विषय तीन तहको सरकार प्राथमिकतामा नपरेको गुनासो गर्दै अध्यक्ष यादवले मधेशमा खस्किदै गरेको शिक्षामा सुधारका लागि पहल गर्न प्रचण्डलाई ज्ञापन–पत्र मार्फत आग्रह समेत गरेका छन् ।

सो कार्यक्रममा माओवादी नेताहरु नारायण काजी श्रेष्ठ ,जनार्दन शर्मा ,पम्पा भुसाल, मात्रिका यादव, महेन्द्र राय यादव, गिरिराजमणि पोखरेल, बर्षमान पुन लगायत सहभागी थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780