गाँजा तस्करी प्रकरण : यी हुन् गोदामका धनी (भिडिओ)

राजविराज–सोमबार राजविराज नगरपालिका–९ मलेठस्थित एक गोदामबाट २४ क्विन्टलभन्दा बढी गाँजा र झण्डै एक करोड रुपैयाँ बराबरको सामग्री बरामद भयो ।

घटनाको अनुसन्धानको क्रममा गोदामको रेखदेख गर्ने भारत विहार राज्यको मधुबनी जिल्ला कुकुरदौरा ग्राम पञ्चायत वडा–१० छातापुर बस्ने ६६ वर्षीय रामनारायण यादवलाई पक्राउ गरियो । पक्राउ परेका रामनारायण यादव गाँजा तस्करको आरोप लागेको रोशन यादव भनिने राजेशकुमार यादवको नातामा पर्ने ससूरा हुन् ।

रोशन रामनारायणका नाती ज्वाइ रहेको शुक्रबार पत्रकार सम्मेलनमा सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

सोमबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा पुगेका सुरक्षाकर्मीहरुको टोलीले रोशनलाई फोन गरेर बोलाएको थियो । तर, रोशनले आधा घण्टाको समय लिएर पनि आउन मानेन् ।

घटना अनुसन्धान भइरहदा गाँजासहितका सामग्री बरामद भएको सो गोदाम राजनारायण साहको रहेको खुल्न आएको छ । राजनारायणले ती गोदाम भाडामा लगाएका हुन् ? की आफैंले सञ्चालन गर्छन् ? भाडामा लगाएका हुन भने सम्झौता छ की छैन ? छ भने कसलाई भाडा दिएको हो ? र, घर वहाल कर तिरेका छन् की छैन ? यी विषयमा अनुसन्धान गर्न बाँकी रहेको एसपी खतिवडाले बताए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780