नागरिकता हराउनु भो ? स्क्याम हुनसक्छ है ! (भिडिओ)

राजविराज–कतै तपाईले पनि त नागरिकता हराउनुभएको छैन ? यदि छ भने तपाईकै नामबाट पनि ‘स्क्याम’ हुनसक्छ है । त्यसरी नै ‘स्क्याम’ गरेको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेपछि ती ‘स्क्याम’बारे खुल्न आएको छ ।

वास्तविक नागरिकताधारीलाई थाहै नभई बैंकमा खाता खोलाएका छन् भने ठगेका लाखौं रुपैयाँ ती खाताबाटै झिेकेको पाइएको हो । शुक्रबार जिल्ला प्रहरी कार्यलय सप्तरीले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ती दुई जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार राजविराज नगरपालिका–१२ घर भइ हाल वडा नं. ५ बस्ने २० बर्षीय अरूणकुमार यादव र २८ बर्षीय अभिषेक यादव ती ‘स्क्याम’मा संलग्न रहेका छन् । राजविराज नगरपालिका–१ बस्ने विजयकुमार यादवले ०८० असारमा नागरिकता हराएका थिए ।

नागरिकता हराएपछि यादवले नागरिकताको प्रतिलिपी बनाएर आफ्नो काममा लागे । र, हराएको नागरिकता पनि विर्सिए । तर, जब उनीमाथि काठमाडौं र चितवनमा ठगी मुद्दा चल्यो अनि उनी अकनबक भए ।

विजयकुमारका दाई रामकुमार यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएपछि सो घटना बाहिरिएको हो । जाहेरीअनुसार आरोपी अरुणले भेटेको ती नागरिकतामा आफ्नो फोटो टाँस गरेर विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोलाएका थिए ।

अरुणले विभिन्न व्यक्तिबाट ठगेका लाखौं रुपैयाँ ती खातामै पठाउन लगाएर झिकेका थिए । जाहेरीपछि दुवै जनालाई राजविराजबाटै फागुन १९ गते पक्राउ गरिएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

दुवै जनाले के कति रकम ठगेको बिषयमा अनुस्धान भइरहेको छ भने दुवैजनामाथि ठगी तथा नागरिकता सम्बन्धी कसूरमा म्याद थप लिएको एसपी खतिवडाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780