काठमाडौं–महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताए । उनले आफ्नो छोरी रानी र अरुको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने बताए ।
मन्त्री साहले छोरी सरह स्नेह दिनसके आमासरह माया पाउने पाउने बताए । पुरुष र महिलामा कानूनी रुपमा कुने विभेद नभए पनि व्यवहारिक रपमा अझै कायम रहेको जिकिर गरे । यसलाई हटाउन सरकार लागिरहेको उनको भनाइ छ ।
मन्त्री साहले महिलाहरुको अधिकारको आन्दोलन अझै नसकिएको उल्लेख गरे । उनले सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्ने बताए । उनले महिलालाई पुरुषसरह समान अधिकार दिनुपर्ने बताए ।