जनमतका केन्द्रीय कोषाध्यक्ष यादव निलम्बित

जनकपुर–जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव निलम्बित भएका छन् ।

पार्टीको केन्द्रीय अनुशासन समितिले कोषाध्यक्ष यादवलाई आर्थिक अनियमिततालगायतका विभिन्न विषयमा चार बुँदे स्पष्टीकरण माग्दै निलम्बन गरेको हो ।

अनुशासन समितिको तर्फबाट सदस्य सचिव अनिताकुमारी मण्डलले जारी गरेको विज्ञप्तिमा पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघका विदेशमा बस्दै आएका ६० भन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी शेयर तथा लेबीका नाममा करोडौं उठाएर काठमाडौंको कोटेश्वरमा घर किनेको उल्लेख छ ।

‘…तपाई तथा संघका पूर्व अध्यक्षहरू ई. वसन्तकुमार कुशवाहा, ई. शम्भुनाथ साहले करोडौं पैसा उठाएर काठमाडौंको कोटेश्वरमा घर किनी प्रवासी होटल चलाउने, जनकपुरमा घर/स्कुल चलाउनेसहितका विभिन्न कारोबारहरू सञ्चालन गर्दै आएको तर सोको हरहिसाव वा लाभ उनीहरूलाई नबुझाउने, पैसा पनि फिर्ता नगरिदिने र सो विषयमा पार्टीमा पटक–पटक ठगी गरेको भनेर उजुरी परेपछि पटकपटक अनुरोध गर्दा पनि उनीहरूसँग हरहिसाब क्लियर नगरेको’ विज्ञप्तिमा भनिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780