राजविराज–सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ का वडाध्यक्ष सत्रुधन मण्डलको घरमा गए राति आगलागी भएको छ । गोठबाट सल्केको आगो फैलिएर एउटा सुत्ने घर पनि जलेर क्षति भएको छ ।
गोठभित्र रहेको भैंसी र पाडी जलेर मरेको छ ७ वटा बाख्रा र २ वटा खसी पनि जलेर मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र नेपालीले जानकारी दिए ।
उनका अनुसार उक्त आगलागीमा वडा मण्डलको घर र गोठ तथा पशु चौपाया जलेर ८ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगो प्रहरी चौकी प्रवाहाका प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
यो पनिः