राप्रपाले तिर्‍यो काठमाडौं महानगरलाई एक लाख जरिवाना

काठमाडौं–राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ ।

प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर जरिवाना स्वरूप एक लाख रुपैयाँ महानगरलाई तिरेका हुन् । उनले महानगरलाई जरिवाना तिरेपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गरिएको प्रदर्शनका क्रममा फोहोर गरेको र र्यालिङ भाँचेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस