भैरहवा, ९ चैत्र । जनमत पार्टीबाट लुम्बनी प्रदेश सांसद सीता गुरुङका श्रीमान् कैलाश गुरुङसहित विभिन्न पार्टी झण्डै दुई सय कार्यकर्ता जनता समाजवादी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
लुम्बिनी प्रदेशको भैरहवामा शनिबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निलम यादव सहित नवप्रवेशीहरुलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अबीर र माला लगाएर स्वागत गरेका छन् । जसपा नेपालका महासचिव रामकुमार शर्माका अनुसार जनता समाजवादी पार्टी नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र राप्रपाका नेता कार्यकर्ता प्रवेश गरेका छन् । विभिन्न प्रतिगामी शक्तिको षड्यन्त्रले गर्दा पार्टी टुटफुटको सिकार भए पनि लुम्बिनी प्रदेशमा जसपा नेपाल झन् बलियो भएर अघि बढ्न सफल भएको उनले बताए ।

पहिचानको मुद्दा, समानुपातिक समावेशीकरण, सामाजिक न्याय र समग्र राष्ट्रको नेतृत्वदायी भूमिकाको लागि एकमात्र विकल्प जसपा नेपाल भएको प्रतिक्रिया दिदै आफुहरु जसपा नेपालमा प्रवेश गरेका छन् । सरकारले बलजफ्ती ल्याउन खोजेको भूमि सम्बन्धि अध्यादेश राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै त्यस विरुद्धमा उभिएपछि जनताबीच जसपा नेपाल एउटा विश्वाशिलो शक्तिको रुपमा स्थापित हुँदै गएको महासचिव शर्माले जानकारी दिए ।