राजविराजमा मेसुलाई ‘माला मोह’

रामशंकर भण्डारी
राजविराज, ९ चैत्र । केही समययता राजनीतिक दलका नेताहरुमा देखिएको ‘माला मोह’ कर्मचारीहरुमा पनि सर्दै गएको पाइएको छ ।

‘मधेशलाइभ’लाई प्राप्त तस्बिरमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका सुपरिटेन्डेन्ट (मेसु) डा.प्रकाश साहलाई घुँडासम्मै फूलका माला लगाएर स्वागत गरेको देखिएको हो । मेसु डा.साह बिहिवार सरुवा भएर अस्पताल आएका थिए ।

उनी अस्पताल आउँदा कर्मचारीहरुले घुँडासम्म फूलका माला लगाएर स्वागत गरेका हुन् । श्रोतका अनुसार मेसुलाई खुशी पार्न कर्मचारीहरुमा देखिएको प्रतिष्पर्दाले अस्वभाविक माला लगाएर स्वागत गरिएको छ ।

‘अस्पतालमा स्वास्थ्य सेवाको अवस्था नाजुक छ, त्यसलाई सुधार गर्नेतर्फ कर्मचारीहरु कार्य गर्न चाहदैनन् तर मेसुलाई खुशी पार्न ठुला मालाले स्वागत गरेका छन्’ स्रोतले भने, ‘स्वागत गर्नुपर्छ तर त्यत्रो माला किन चाहियो ?’

उनी यसअघि पनि ०७९ असार २७ गते सो अस्पतालमा मेसु भएर आएका थिए । एक वर्षभन्दा बढी समय बसेर उनको सरुवा भएका थिए ।

मेसु डा.साहले पनि ती ठुलो फूलका माला अस्वभाविक रहेको बताए । ‘स्वागतमा त सानो माला भए भइहाल्थ्यो नि, खैं कर्मचारीहरुले यति ठुलो माला किन ल्याए होला ?’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780