गाउँपालिका अध्यक्ष र वडा अध्यक्षलाई पाँच दिन म्याद थप

सिरहा, १० चैत । सिरहाको औरहीमा महायज्ञको नाममा डोम परिवामाथि भएको जातीय भेदभावको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधिलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।
आइतवार सिरहा जिल्ला अदालतमा पेश गरिएका पालिका अध्यक्ष र वडा अध्यक्ष दिलिप यादवलाई अनुसन्धानका अनुसन्धानकालागि म्याद थप गरिएको हो । उनीहरुलाई जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले शुक्रवार पक्राउ गरेको थियो ।

औरही गाउँपालिका वडा नम्बर ५ मा चैत १७ गतेदेखि महायज्ञ सञ्चालनको मिति तोकिएको थियो । सोही क्रममा गत फागुन १० मा अछुत भन्दै महायज्ञस्थल आयोजना हुने स्थानमा वर्षौंदेखि बसोबास गर्दै आएका डोम परिवारलाई उठिबास गराई अन्यत्र सारिएको थियो । साबिक स्थानमा रहेको घरमा डोजर प्रयोग गरी भत्काइएको थियो । घर रहेको ठाउँको माटो अपवित्र रहेको भन्दै काटेर हटाएको थियो ।

पीडित दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दिएका थिए । उक्त जाहेरीमा जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुन बमोजिम कारवाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग दावी गरिएको छ ।

यस अघि सोही घटनामा गृह मन्त्रालयले सिरहाक प्रमुख जिला अधिकारी बासुदेव दाहाललाई फिर्ता बोलाएको थियो । उक्त घटनाको विषयमा प्रतिनिधिसभा र मधेश प्रदेशसभामा समेत दोषीलाई कार्वाहीको माग गरेका छन् ।

घटनामा अझै फरार रहेका बजरंगी बाबाको भने खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780