खगेन्द्र सुनारको स्टाटस भ्रामक र अमर्यादित

राजविराज, ११ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि दलित अभियन्ता खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत् लगाएको आरोपबारे निजी सचिवालयले खण्डन गरेको छ ।

अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनारले सामाजिक सञ्जाल मार्फत लगाएको आरोप भ्रामक, घृणित, अमर्यादित, संस्कारहीन र आपराधिक प्रवृत्तिको रहेको जनाएका हुन् । ‘क्षणिक लाभको लागि सामाजिक सद्भाव र सहिष्णुता भाड्ने, व्यक्ति र संगठनको चरित्र हत्या गर्ने तथा समाजमा एक आपसमा घृणा फैलाउने उद्देश्यले प्रेरित भई नियोजित ढंगले प्रचार गरिएको छ’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘उक्त प्रायोजित र मिथ्या आरोपमा कुनै सत्यता नरहेकोले यस्ता आरोपको हामी खण्डन गर्दछौं ।’

सस्तो र क्षणिक लोकप्रियताको लागि लगाइएको यो मनगढन्ते आरोपलाई सत्यतथ्यको आधारमा प्रमाणसहित प्रमाणित गर्न सम्बन्धित पक्षलाई चुनौती समेत निजी सचिव चौरसियाले दिएका छन् । आपराधिक मानसिकता बोकेर फटहा, जस्तो दुष्प्रचार गर्ने धृष्टता बन्द गर्नुस् गर्न आग्रह गर्दै जनता समाजवादी पार्टी, नेपाल मधेशी, दलित, मुस्लिम, आदिवासी जनजाति, महिला, उत्पीडित, शोषित, सीमान्तकृत इत्यादि वर्ग र समुदायको पक्षमा उभिएर जातीय विभेदको अन्त्य, समानता, अधिकार, पहिचान र जातीय मुक्तिको लागि सदियौंदेखि सघर्ष गर्दै आएको इतिहास साक्षी रहेको प्रेस विज्ञप्तिमार्फत स्मरण गराइएको छ । सम्पूर्ण उत्पीडित जातं–जातिको अधिकारका लागि जसपा नेपाल सदैव प्रतिवद्ध रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780