प्रधानमन्त्रीसँग जवाफ माग्दै प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ, १३ चैत: प्रधानमन्त्रीसँग जवाफ माग्दै आज प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ।

सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाए। सभामुख घिमिरेले नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिनुभएको थियो।

सांसद बस्नेतले भने, “सरकार अहिलेको परिस्थितिप्रति बेखबर छ र स्वार्थ समूह तथा दलालहरूको हितका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको छ। कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय फिर्ता लिनुपर्छ।”

बस्नेतले प्रधानमन्त्रीले यसबारे जवाफ दिनुपर्ने माग समेत गरे। उनको भनाइ सकिनासाथ विपक्षी सांसदहरू फेरि उठेर विरोध जनाए। विरोधका बीच सभामुख घिमिरेले बैठक ३० मिनेटका लागि स्थगित गर्नुभयो।

आजको कार्यसूची अनुसार ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गर्ने कार्यक्रम रहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780